स्याङ्जा १ (क)मा एमालेबाट सीता र गठबन्धनकी अमृताबीच चुनावी टक्कर
स्याङ्जा | कात्तिक २९, २०७९
स्याङ्जा: महिला नेतृत्व जन्माउने जिल्लाका रूपमा परिचित स्याङ्जामा दुई महिला नेतृको प्रदेशसभाको भिडन्त रोचक बनेको छ । गण्डकीका ३६ प्रदेश सभामा १४ महिलाले उम्मेदवारी रहेकोमा स्याङ्जाको क्षेत्र नं १ (क)मा नेकपा (एमाले)का सीता सुन्दास र सत्ता गठबन्धन नेकपा (माओवादी केन्द्र) का अमृता थापामगर शाक्यको भिडन्तले चर्चा लिएको छ ।
बाल्यकाल देखि नै राजनीतिमा खारिएका दुई नेतृ मध्ये माओवादी केन्द्रका थापा गण्डकीको प्रदेशसभामा पार्टीको उच्च तहको नेता स्थायी समिति सदस्य रहनुभएको छ भने एमाले नेतृ सुन्दास केन्द्रीय सदस्य रहनुभएको छ ।
बिरुवा गाउँपालिका–३ मा २०२९ सालमा जन्मनुभएकी अमृता २०५२ देखि माओवादी जनयुद्धमा भूमिगत हुनुभएकोमा उहाँले २०६४ र २०७४ मा प्रतिनिधिसभामा सांसद बन्नुभएको थियो ।
२०४६ मा अनेरास्ववियुको जिल्ला सचिव, गण्डकी सदस्य भएर राजनीति यात्रा सुरु गर्नु भएका थापा रेडियो नेपालकी पूर्व समाचार बाचिका समेत रहनु भएको छ । थापा अहिले अनेमसंघ क्रान्तिकारीको केन्द्रीय अध्यक्ष समेत रहनुभएको छ ।
गाउँ“ बनाउने र जनताको अवस्था बदल्न म जन्मेको ठाउँ“मा चुनाव लडेको बताउँदै थापाले अन्य ठाउँमा टिकट पाउने भए पनि जन्मथलोको विकासमा चुनाव लड्न आएको बताउनुभयो ।
यस्तै, २०२४ साउन ५ गते पुतलीबजार नगरपालिका–७ ठूलाडिहीमा जन्मनुभएका सुन्दास २०३८ बाट अनेरास्ववियुबाट राजनीति यात्रा थाल्नुभएको हो ।
पार्टीका विभिन्न मोर्चामा रहँदै काम गरेका सुन्दास दलित अल्पसङ्ख्यक कोटामा नगर सदस्य हुँदै जिल्ला समन्वय समिति स्याङ्जाको निवर्तमान प्रमुख र जिल्ला समन्वय समिति महासङ्घकी निवर्तमान अध्यक्ष रहनुभएको छ ।
सुन्दास संविधानको मर्म र भावनाअनुरूप सङ्घ बलियो बनाउने प्रदेश बलियो बनाउने हेतुले चुनावी मैदानमा उत्रिएको बताउनुभयो ।
पाँच वर्ष पहिला वाम गठबन्धनमा माओवादी केन्द्रले जितेको प्रदेशमा स्थानीय तहको मतको आधारमा थापा एक हजार ९२२ मतले अगाडि रहनुभएको छ ।
साभार: गोरखापत्र अनलाइन
गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ । जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...
वसन्त ऋतु सुरु भएसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय गन्तव्य घोडेपानी गुराँस फुलेर रङ्गिएको छ। पाखैभरी ढकमक्क फुलेका लालीगुराँस र हिमश्रृङ्गलाको मनमोहक दृश्य हेर्न दैनिक सयौँ ...
भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ । सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...

